वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेको दाबी

मकवानपुर — नेकपा (एकीकृत समाजवादी)संसदीय दलका नेता सांसद राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरिएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी पेस गरेका हुन् ।

माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, नेकपा (एस)का १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो ।

बुधबार वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ । (इकान्तिपुर)

Translate »