मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

कात्तिक १०, काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिएकी छन् ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले मार्ग प्रशस्त गरेको घोषणा गरेकी हुन् । उनले अब नेकपा(एमाले) प्रतिपक्षमा बस्ने बताएकी छन् ।

उनले बुधवार हुने प्रदेशसभाको मत बिभाजनको कार्यसूचीमा जान आवश्यक नरहेको भन्दै आफुले मार्ग प्रशस्त गरेको पनि बताएकि छन् ।

प्रदेश सरकारमा नेकपा (एमाले) को विभाजनपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । शाक्य तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि गत भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

Translate »