पानीको फोहराबाट बोसो हटाउने प्रविधि नेपालमा

काठमाडौं। नेपालमा पहिलो पटक काठमाडौंको बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकमा विश्वकै पहिलो पानीको फोहरा प्रयोग गरी पेट, कम्मर, तिघ्रा, हात वा घाँटीबाट बोसो हटाउने प्रविधि (लिपोसक्सन) सञ्चालनमा आएको छ ।

यो प्रविधि विश्वभरका प्रसिद्ध उपकरणको मेडिकल उपकरण आपूर्तिकर्ता द मल्ल इंकले ल्याएको हो । लिपोसक्सन सर्जिकल प्रक्रिया हो, जसले शरीरको पेट, कम्मर, तिघ्रा, हात, घाँटीजस्ता अन्य विशिष्ट अंगबाट बोसो हटाउन सक्सन प्रविधि प्रयोग गर्दछ । नयाँ प्रविधिले बोसो हटाउन पानीको निरन्तर प्रवाह प्रयोग गर्दछ ।

‘बडी–जेट प्रविधि प्रयोग गरेर शरीरका अंगबाट बोसो हटाउने प्रक्रिया दुई घन्टामै सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ’, हेल्दी च्वाइस क्लिनिकका डा. उदीप श्रेष्ठले भने, ‘केन्द्रमा प्रयोग हुने विश्वको उत्कृष्ट उपकरणले उच्च दक्षता सुनिश्चित गर्दछ र पेट, कम्मर, भित्री तिघ्रा, बाहिरी तिघ्रा, घुँडा, बाछो, पीठ, हातजस्ता अंगबाट धेरै मात्रामा बोसो हटाउन मद्दत गर्छ ।’ जर्मन प्रविधिबाट बनेको उपकरणमा जडान गरिएको अल्ट्रासोनिकलगायत अन्य प्रविधिले बोसो पगाल्न उच्च गतिमा कम्पन हुने सुईको प्रयोग गर्दछ । यसले तातोपन उत्पन्न गर्छ र छालालाई जलाउन सक्छ ।

तर, बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउँदैन । वाटर–जेटको प्रवाह मिलाउन सक्ने हुनाले रक्तश्राव पनि कम गर्ने डा. श्रेष्ठले बताए । यसले उपचार पाइरहेका व्यक्तिका लागि उच्च सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्ने द मल्ल इन्कका प्रबन्ध निर्देशक सजल मल्लले जानकारी दिए । क्लिनिकका स्वास्थ्यकर्मीलाई शल्यक्रियामा स्नातकोत्तर भारतका डा. सन्दीप जैनले प्रशिक्षण दिएका हुन् ।(आर्थिक अभियान)

Translate »