युवा संघ सुर्खेतद्वारा खेलकुद सामाग्री वितरण

स्काई न्यूज / असोज ५, सुर्खेत । राष्ट्रिय युवा संघ सुर्खेतले महिला खेलाडीलाई खेतप्रति प्रोत्साहन गर्न खेलकुद सामाग्री वितरण गरेको छ । खेल क्षेत्रको विकासमा सरकारी उपेक्षा बढेपछि संघले काठमाडौंमा हुन गईरहेको उपमेयर कप प्रतियोगितामा सुर्खेतबाट छनौट महिला खेलाडीलाई शुक्रबार वीरेन्द्रनगरमा खेलकुद सामाग्री वितरण गरेको हो ।

देशका अन्य प्रदेशको तुलनामा पछाडी परेको कर्णालीको खेल क्षेत्रलाई माथि उठाउन खेलकुद सामाग्री सहयोग गरिएको राष्ट्रिय युवा संघ सुर्खेतका अध्यक्ष कमल खड्काले बताए । उनले खेल क्षेत्रको उत्थानसँगै महिला खेलाडीको मनोवललाई उँचा बनाउन युवा संघ निरन्तर लागि परेको जनाए । खेलकुद सामाग्री वितरण गर्दै उनले जीतको अग्रीम शुभकामनासहित महिला फुटवलको विकासका लागि आफुले व्यक्तिगत रुपमा समेत सक्दा सहयोग गर्ने प्रतिवद्धता जाहिर गरे ।