पानीमा भिजेको धानलाई यसरी जोगाउन सकिन्छ :

कात्तिक ४, काठमाडौं । केहि दिन यतादेखि परेको बैमौसमी वर्षाले मुलुकका विभिन्न भागमा जनधनको क्षति भएको छ ।

वर्षा, बाढी र डुवानबाट विभिन्न जिल्लामा काटेको धानबालीमा क्षति पुगेको छ । केही दिनयताको अविरल वर्षाका कारण थन्क्याउने बेला भएको धान बाली डुवानमा परेको छ भने काटेको धानखेती पनि भिजेर नष्ट हुने अवस्थामा पुगेको छ ।

भिजेको धान कसरी सुरक्षित तरिकाले बचाउने त भन्ने बारेमा यतिखेर कयौं किसान पिरोलिएका छन् । यस विषयमा केहि कृषि विज्ञले भिजेको धानलाई समयमै सावधानी अपनाउन सक्ने  हो भने थप क्षति हुनबाट जोगाउन सकिने सुझाव बताएका छन् ।

विज्ञले सवैभन्दा पहिले खेतमा जम्मा भएको पानीलाई निकाल्ने र भिजेको धानलाई सुक्खा स्थानमा सार्न कृषकलाई सुझाव दिएका छन् ।

काटेको धानबालीलाई थप क्षति हुनबाट बचाउन यहाँ विज्ञहरुले दिएको सुझाव प्रस्तुत गरिएको छ ।

Translate »