हिमपातले हुम्लामा पाँच दिनदेखि फसेका १२ जनाकै उद्धार

हुम्ला । हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीको तुम्लिङमा पाँच दिनदेखि फसेका १२ जनाकै बिहीबार उद्धार गरिएको छ । स्लोभेनियाका चार विदेशी नागरिक, तीन टुरिस्ट गाइड र पाँच स्थानीयको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको जानकारी दिए । उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ पर्दा पदयात्रामा गएका विदेशसहित १२ जना रोकिएका थिए ।

Translate »