सिद्धार्थ विजनेश ग्रुपको नयाँ सेवा कपिलवस्तुमा

स्काई न्यूज असोज ३, सुर्खेत ।  होटल तथा हस्पिटालिटी क्षेत्रमा नाम कमाएको सिद्धार्थ विजनेश ग्रुपले बुधबार कपिलवस्तु स्थित लुम्बिनी ग्रीन रिर्सोटसँग व्यवसायिक साझेदारी गरी नयाँ सेवा सञ्चालनमा ल्याएको छ । ग्रुपले कपिलवस्तुको चन्रौटा बजार क्षेत्रबाट २ किलोमिटर भित्र खोलिएको उक्त होटलमा ५८ वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम तथा पार्टीका लागि ३ वटा सभा हल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ हल, बाल उद्यान र स्विमिङ पुल पर्याप्त पार्किङ सहित सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको हो ।

नयाँ होटल उद्घाटन कार्यक्रममा होटलका अध्यक्ष लक्ष्मण भण्डारीले पश्चिम नेपालको प्रमुख पर्यटकीय क्षेत्र लुम्बिनीदेखि भारतलगायत देशका पर्यटकलाई लक्षित गरि सञ्चालनमा ल्याईएको होटलले नेपाल भ्रमणका लागि उल्लेख्य भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । उनले सिद्धार्थ हस्पिटालिटिले देशका विभिन्न ठाँउमा गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै नेपाली, इन्डियन, कन्टिनेन्टल, एसियन, चाइनिज लगायतका विभिन्न परिकार उचित मूल्यमा खानाका पारखीलाई सन्तुष्टि प्रदान गर्न सक्षम रहेको बताए ।

‘सिद्धार्थ हस्पिटालिटी हृदयीदेखि आतिथ्य सत्कार भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै स्वाद, स्वच्छन्दता र उत्कृष्ट सेवा यो कम्पनीको प्रमुख विशेषता हुन्,’ उनले भने, ‘नाफा मात्र होइन, नेपालको पूर्वी, मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका पर्यटकलाई पश्चिम नेपालको भ्रमण गराई यस क्षेत्रको पर्यटकीय सुन्दरताको प्रचारप्रसार गरी देशैभरी फैलाउनु हाम्रो अर्को उद्देश्य हो ।’

उनले नेपालगन्जमा चारतारे होटल, काठमाण्डौंको बौद्धमा तारे होटलसहित महेन्द«नगर, कैलालीको टिकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठ्माण्डौ, ललितपुरलगायतका विभिन्न स्थानमा होटल, रिर्सोट, रेष्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटि ट्रेड, कृषि, आईटी कम्पनीलगायतका २८ वटा कम्पनी सञ्चालनमा रहेको जानकारी दिए । ग्रुपले देशैभरी आफ्नो सेवालाई विस्तार गरी छिट्टै विदेशमा समेत विस्तार गर्ने तयारी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

Translate »