धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

कात्तिक ३,सल्यान । कुमाख गाउँपालिका–५ तिमिलेका ४७ वर्षीय कविराम खड्काले धारिलो हतियारले प्रहार गरी आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको हत्या गरेका छन्।

 

जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी अर्जुन पौडैलका अनुसार घरायसी विवाद हुँदा कविरामले मंगलबार राति कलीको टाउको र घाँटीमा हतियारले प्रहार गरेका थिए। कविरामले मदिरा सेवन गरेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न कविलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका लागि घटनास्थलमा प्रहरी खटिएको छ। (थाहा खबर)

Translate »