सवारी दुर्घटनामा परी पूर्व सैनिकको मृत्यु

स्काई न्यूज /असोज २८, सुर्खेत ।  सुर्खेत–जुम्ला सडक अन्तर्गत वीरेन्द्रनगर–१, घोडा लोटेमा सवारी दुर्घटनामा परी पूर्व सैनिकको मृत्यु भएको छ । कर्णाली प्रदेश–५३ नम्वरको स्कुटी र भे १ त– २४० नम्वरको ट्रक्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–२, कोलडाँडा निवासी पूर्व सैनिक ३५ वर्षीय प्रेमबहादुर सिजापतिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिप्रका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले ट्रक्टर चालक विमल पुलामी मगर र ट्रक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया शुरु गरिएको बताए ।

Translate »