मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो

स्काई न्यूज /असोज २६, सुर्खेत ।  मुगुको छायानाथरारा नगरपालिका–७, पिनाटप्लेखोलामा मंगलबार भएको बस दुर्घटनामा अब मृतकको संख्या २८ पुगेको छ । २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दार गरी ताल्चा विमानस्थल पु¥याउने क्रम्मा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन् । ३९ जना यात्रु सवार बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकालाई समिट एयरको विमान र नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उद्दारको काममा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा खटिएका थिए । मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ । दुर्घटनाका मृतकसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागिरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताए ।

Translate »