काइनेटिक ढुंगासहित दुई पक्राउ

 

असोज २०,सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले काईनेटिक ढुंगासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ स्थायी घर भई वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

बस्नेतको घरमै काइनेटिक ढुंगाको कारोबार भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। उनका अनुसार बस्नेतको घरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद भएको छ। ती ढुंगाको बजार मूल्य झण्डै दुई लाख रुपैयाँ पर्छ। दुवै जनालाई आवश्यक कारवाहीका लागि भूगर्भ विभाग शाखा कार्यालय सुर्खेत पठाइएको छ।

Translate »