प्रतितोला ४०० रुपैयाँले घट्यो सुनको मूल्य

चाँदीको भाउ स्थिर

असोज २०, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ५०० ले बढेको सुनको भाउ बुधवार रू. ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ४०० ले घटेको हो ।


त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ४५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८५० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार प्रतितोला रू. १ हजार १६० मा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Translate »