प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

स्काई न्यूज /असोज १६, सुर्खेत । ६६ औं प्रहरी दिवसको अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ऐरबाट रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो । रक्तदान कार्यक्रममा विभिन्न दर्जाका ६४ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए ।


नेपाल प्रहरी स्थापनाको असरमा हरेक वर्ष मनाईने प्रहरी दिवसमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्र्दै आईरहेको छ ।

प्रहरी दिवसकै अवसरमा विभिन्न खेलकुद गतिविधि सञ्चालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, लगायतका कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

Translate »