चारवटा युट्युब च्यानलका सञ्चालक पक्राउ

काठमाडौं- प्रहरीको साइबर ब्युरोले चरित्र हत्या गरेको आरोपमा चारवटा युट्युब च्यानलका सन्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सन्चालक दाङको तुल्सीपुर स्थायी घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबरका सन्चालक नुवाकोटको सुर्यगढी नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय शिशिर अधिकारी, सारैचुली मिडियाका सन्चालक मोरङको बेलबारी नगरपालिका स्थायी घर भएकी ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सन्चालक दोलखाको मेलुङ गाउँपालिका स्थायी घर भएका २४ वर्षीय रोधन तामाङ छन्।

काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनिहरुमाथी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

Translate »