जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

जाजरकोट । जाजरकोटबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालयले ७५ लाखको अक्सिजन प्लान्ट खरीद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या समाधान भएको हो । नेपालगञ्जबाट अक्सिजन भरेर जिल्ला अस्पतालले सेवा प्रदान गरिँदै आएको अस्पलात विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन् । अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरीद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । जिल्ला अस्पताललाई ५० शøयामा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारी छ । शøया थपसँगै नयाँ भवन निर्माणाधीन छ । भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जिल्लामा अब दुईओटा प्लान्ट हुने बताइएको छ । अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिन्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताए । रासस

Translate »