उद्योग महासंघ सुर्खेतको अध्यक्षमा कलाधर

स्काई न्यूज / असोज १२, सुर्खेत ।  नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ सुर्खेतको अध्यक्षमा कलाधर उपाध्याय निर्वाचित भएका छन् । महासंघको मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा भएको जिल्ला भेलाले उपाध्यायलाई अध्यक्षमा सर्वसम्र्मत निर्वाचित गरेको हो । भेलाले अध्यक्ष उपाध्यायसहित ४५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष सूर्यबहादुर रावत, सचिव सुदिपकुमार केसी, कोषाध्यक्ष विजय सार्की, सह–सचिव कर्णबहादुर थापा, सह–कोषाध्यक्ष टिकाकुमारी कँडेल (पौडेल तथा अन्य सदस्यहरु रहेका छन् । नवनिर्वाचित अध्यक्ष उपाध्यायले जिल्लामा व्यवसायीहरुले भोग्नु परेका कर तथा प्रशासनिक कामहरुलाई सहज बनाउन तत्कालै लाग्ने प्रतिवद्धता जनाए ।

उनले व्यापार, व्यवसाय तथा उद्योगको विकास विना समृद्धिको कल्पना निर्थक रहेकाले व्यवसायीमैत्री वातावरण बनाउन सरोकारवालासँग हातेमालो गरेर अगाडि बढ्ने बताए । नेकपा एमाले समर्थित व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले  कणालीमा उद्योगमैत्री वातावरण बनाउनका लागि सरकारी पक्षलाई दवाव दिँदै आएको उनको भनाइ थियो ।

Translate »