खुले जाजरकोटका विद्यालय

बद्री पन्त/ जाजरकोट । जाजरकोटका सबै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालन भएर पठनपाठन समेत शुरु भएको छ । कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि सयौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो । अहिले धमाधम विद्यालय खुलेपछि विद्यार्थीहरू सुखीले गदगद भएका छन् । कोरोना महामारीका कारण गत चैतदेखि बन्द जाजरकोटका विद्यालय धमाधम खुल्न थालेका छन् । सङ्क्रमणको जोखिम घट्दै गएपछि विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन भएका भेरी नगर शिक्षा शाखा प्रमुख अमृत पुनले बताए ।

लामो समय पछि विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरू भने निकै खुसी देखिएका छन् । पठनपाठन क्रियाकलाप सञ्चालनमा आएपछि विद्यार्थीहरू नियमित रुपमा विद्यालय आउने गरेका छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयले पठनपाठन सञ्चालन गरेको विद्यालयले जनाएका छन् । लामो समयसम्म भएको बन्दाबन्दी लकडाउनले गर्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको थियो, छ महिना पछि विद्यालय खुलेपछि विद्यार्थीहरूको पठनपाठनमा सहजता आउने पुनको भनाइ छ । कोरोना महामारीका कारण लामो समय देखि पठनपाठन प्रभावित भएको बताउँदै त्रिभुवन माध्यमिक विद्यालय खलङ्गा प्रधानाध्यापक भक्तबहादुर मल्लले सामाजिक दुरी कायम गरेर पठनपाठन गरिएको बताए ।

जिल्लाका ४ सय १२ सामुदायिक र ३० वटा संस्थागत विद्यालयमा ७० हजार विद्यार्थीको पठनपाठन सहज भएको हो । सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालयले पठनपाठनमा जोड दिनु अभिभावक गोविन्द ओलीले बताए । बारेकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर मल्लका अनुसार स्वास्थ्यका मापदण्ड पुरा गरी आलोपालो समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठन–पाठन सुरु गरिएको बताए ।

उक्त पालिकामा आठ माध्यमिक, ११ आधारभूत र २५ प्राथमिक विद्यालय र सात बालविकास केन्द्रबाट एक साथ पठन–पाठन सुरु गरिएको मल्लको भनाइ छ । वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक गोरखबहादुर सिंहले विद्यालय पोसाकमा विद्यालय आउनका लागि शिक्षक तथा विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गरिएको बताए। पठनपाठन क्रियाकलाप सञ्चालनमा आएपछि विद्यार्थीहरू नियमित रुपमा विद्यालय आउने गरेका छन् । अभिभावकहरूले आफ्ना बालबालिकालाई मास्क, स्यानिटाइजर र हात धुने साबुन पानीको व्यवस्था गर्नु पर्ने बताएका छन् ।

Translate »