खोर भित्र बाँधिएका २३ वटा बाख्रा चितुवाले मा¥यो

संजय आचार्य/  बर्दिया । गए राती गुलरिया नगरपालिका–५, सन्तोषी टोलमा व्यवसायीक रूपमा बाख्रा पालन गर्दै आएको बृष पशुपक्षी तथा बाख्रा पालन फर्ममा चितुवाले २३ वटा बाख्रा मारेको छ ।

खोर भित्र बाँधिएका २३ ओटा बाख्राहरुलाई जङ्गली जनावरले मारेको तथा करिब ३ लाख जतिको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले बताए । रातीमा एक्कासि आएर चितुवाले सबै बाख्रा मारेर गयो पौडेलले बताउँछन् । नजिकैको समुदायीक बन बाट चितुवा आएको र यस भन्दा पहिला पनि नोक्सान गरेको स्थानीय बताउँछन् । सूचना प्राप्त भए लगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पुर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल पौडेले बताए ।  (रेडियो नेपाल)

 

Translate »