बिहीवार घट्यो सुन तथा चाँदीको मूल्य

असोज ७, काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ९०० ले बढेको सुनको भाउ बिहीवार रू. ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ६०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार १५० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ६५० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला रू. १ हजार १६५ मा कारोबार भएको चाँदी बिहीवार रू. १० ले घटेर रू. १ हजार १५५ मूल्यमा किनबेच भइरहेको छ ।

Translate »