बुधवार प्रतितोला ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

असोज ६, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. ३०० ले बढेको सुनको भाउ बुधवार रू. ९०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार २०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ९०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ६५० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ८८ हजार ७५० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू. १ हजार १४० मा कारोबार भएको चाँदी बुधवार रू. २५ ले बढेर रू. १ हजार १६५ मा किनबेच भइरहेको छ ।

Translate »