सामाजिक अभियान्ता सुवेदीको निधन

स्काई न्यूज /   असोज ५, सुर्खेत । कर्णाली प्रदेशमा लामो समयदेखि विभिन्न गैरसरकारी संघसंस्थामा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय सामाजिक अभियान्ता ओमप्रकाश सुवेदीको निधन भएको छ । सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारे निवासी सुवेदीको उपचारको क्रममा मंगलबार काठमाडौंको हयाम्स अस्पताल निधन भएको हो ।

कुशल समाजसेवीको रुपमा क्रियाशील साहारा क्याम्पस सुर्खेतका अध्यक्ष सुवेदी जिल्ला बाल संगठन सुर्खेतका वर्तमान सभापति, ग्रामीण जागरण बचत तथा ऋण सहकारी लिमिटेडका संस्थापक तथा वर्तमान अध्यक्ष, समाज जागरण केन्द्र स्याकका संस्थापकसँगै नेप्सपुन का कर्णाली प्रदेश सदस्य समेत रहेका थिए ।

उनका निकटतम् साथी एवं छिमेकी कर्मचारी नेता सुशील केसीले अल्पआयुमै ओमप्रकाशको निधनले नेवारे गाउँलाई मात्र होइन, पुरा जिल्लालाई नै अपूर्णिय क्षति पुगेको बताए । उनले समाजिक कार्यमा सधै उत्साहपूर्ण सहभागिता जनाउने ओमप्रकाशको सम्झना सधैं रहिरहने जनाए । बुधबार विहान ११ बजेदेखि उनको निवास वीरेन्द्रनगर–१२, नेवारेमा श्रद्धान्जली कार्यक्रम हुने भएको उनका आफन्तले जनाएका छन् ।

Translate »