शुक्रवार तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

असोज १, काठमाडौं । असोज महीनाको पहिलो तथा साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ७०० ले घटेको सुनको मूल्य शुक्रवार रू. १ हजार ४०० ले घटेकोे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८९ हजार १०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. १ हजार ४०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८८ हजार ६५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी शुक्रवार रू. ३० ले घटेर प्रतितोला रू.१ हजार १७० मा किनबेच भइरहेको छ ।

Translate »