होसियार ! हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती

केतपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है ! बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन्। औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन। ‘कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन्। तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गयौं। शंका लाग्यो। प्रयोगशालामा नमुना परीक्षण गर्दा  मापदण्डअनुसार पाइएन।’

विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए। वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो। केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए।

कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेका छन्। अन्नपूर्ण खोज ब्युरोको सम्पर्कमा आएका केही व्यवसायीसँग दर्ता नम्बर माग्दा उनीहरूले आनाकानी गरे। कति होलान् यस्ता कम्पनी ?

नाम उल्लेख नगर्ने सर्तमा विभागका एक निरीक्षक भन्छन्, ‘स्यानिटाइजरको खोलमा ठेगाना नै हुँदैन। सम्पर्क नम्बरसमेत हुँदैन। त्यस्तोलाई कहाँ खोज्ने ? कसरी कारबाही गर्ने ? बजारमा भएको स्यानिटाइजर गुणस्तरीय छ कि छैन भनेर उपभोक्ता आफैं चनाखो हुनुपर्छ।’

अधिकांश उपभोक्ता स्यानिटाइजर र मास्कको गुणस्तरबारे हेक्का राख्दैनन्। तर, चिकित्सक एवं स्वास्थ्यकर्मी डराई–डराई त्यसको प्रयोग गर्छन्। अनि, बिरामीको उपचारमा जुट्छन्। ‘बिरामीले घसेको वा लगाएको मास्कको के ग्यारेन्टी छ र ? हेक्का नराख्ने हो भने बिरामीबाट हामी र हामीबाट बिरामीलाई पनि कोरोना सर्न सक्छ’, त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक भन्छन्, ‘मास्क र स्यानिटाइजर लगाउँदैमा ढुक्क हुन सकिँदैन।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली पनि दिनहुँ स्यानिटाइजर दल्छन्। मास्क लगाउँछन्। तापनि ढुक्क छैनन्। किन त ? ‘बजारमा जस्ता पनि (गुणस्तरहीन) स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती छन्’, डा. ज्ञवाली भन्छन्, ‘उत्पादन अनुमति दिएर मात्र भएन। अनुगमन र कारबाही  पनि गर्न जरुरी छ।’

विभागले कोरोना महामारी उत्कर्षमा रहेका बेला गत वर्ष पटक–पटक अनुगमन गर्दा मापदण्डविपरीतका स्यानिटाइजर बरामद गरेको थियो। विभागका सूचना अधिकारीसमेत रहेका केसी २० कम्पनीका उत्पादन गुणस्तरहीन पाइएको सुनाउँछन्।  एक निरीक्षक भन्छन्, ‘विषाक्त रसायन (मेथानोल) मिश्रित ह्यान्ड स्यानिटाइजर पाइयो।’ राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा २० कम्पनीका उत्पादन प्रयोग गर्नै नहुने पाइएको थियो। केसी भन्छन्, ‘विषाक्त रसायन (मेथानोल) समावेश भएको र मापदण्डविपरीतका समिश्रण पाइएकाले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर गर्ने हुँदा बिक्रीवितरण रोक्का गरियो।’ विभागले त्यस्ता उत्पादन प्रयोग नगर्न÷नगराउन सूचना जारी गरेको थियो। निरीक्षण महाशाखाकी वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डुकार मापदण्ड पूरा नगरेका ११ व्यवसायीविरुद्ध मुद्दा प्रक्रिया अघि बढाइएको बताउँछिन्।

प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासि, पैठारी, दर्ता अनुमति र मापदण्ड (स्तर) सम्बन्धमा विभागले निर्धारण गरेको प्रक्रिया पूरा गरी अनुमति दिने व्यवस्था २०७६ चैत ७ गते मन्त्रीस्तरीय निर्णयबाट गरियो। त्यसको पर्सिपल्ट (चैत ९ गते) विभागले ह्यान्ड स्यानिटाइजर उत्पादन गर्न सूचना जारी गरेको थियो। ‘हाल विश्वमा महामारीका रूप लिएको कोभिड–१९ र अन्य संक्रमणको रोकथाममा ह्यान्ड स्यानिटाइजरको प्रयोग उपयोगी हुने र हाल बजारमा अभाव रहेको तथा गुणस्तरसमेत यकिन नभएको अवस्था छ’, सूचना थियो, ‘हाल बजारमा रहेका उत्पादनहरूको हकमा यो सूचना प्रकाशित भएको मितिले बढीमा तीन महिनाभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ।’ त्यो सूचनाले मर्कामा पारेको उत्पादकको भनाइ छ। ‘बजारमा स्यानिटाइजर अभाव थियो। त्यसको पूर्तिका लागि दुई वर्ष अवधि सकिने मिति (एक्सपायरी डेट) राखेर बजारमा स्यानिटाइजर पुग्यो’, एक व्यवसायी भन्छन्, ‘अनुगमनपछि औषधि विभागले लाइसेन्स दिँदा प्रयोग गर्ने मिति (एक्सपायरी डेट) एक वर्षको मात्र राख्नु भनिदियो। हामीलाई कत्रो धर्मसंकट ?’

विभागले बजारमा बिक्रीवितरण भइरहेको स्यानिटाइजरमा खोट लगायो। ‘मापदण्ड तोकेभन्दा अगावै उत्पादन गरेका र पछि पनि उत्पादन भएका स्यानिटाइजरको परीक्षण गरेका थियौं’, महानिर्देशक नारायण ढकाल भन्छन्, ‘बजारमा भएका गुणस्तरहीन सामान बन्द गर्न आदेश गर्‍यौं। कतिपय कम्पनी बन्द भए।’

गुणस्तरहीनमाथि कालोबजारी 
प्रहरीले २०७८ वैशाखदेखि ६ साताभित्र ३७ व्यवसायीलाई पक्राउ गर्‍यो। प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार उनीहरूले गुणस्तरहीन स्वास्थ्य सामग्रीको कालोबजारी गरेको पाइएको छ। ‘परिस्थितिको फाइदा उठाउँदै गुणस्तरहीन स्वास्थ्य सामग्री उत्पादन गरी बिक्री गरेको भेटियो’, प्रवक्ता कुँवर भन्छन्, ‘जनस्वास्थ्यमा खेलवाड भयो। तोकिएभन्दा बढी मूल्यमा बिक्री गरियो।  अर्कै कम्पनीको लेबल टाँस गरी नक्कली सामग्री उत्पादन गरेको पनि पाइयो।’ नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका दाहाल स्वदेशी मात्र होइन, विदेशबाट भित्रिएको मास्क र स्यानिटाइजरको पनि मापदण्ड नपुगेको दाबी गर्छन्। भन्छन्, ‘आयातित स्वास्थ्य सामग्री गुणस्तरहीन छ भनेर सूचना दियौं। तुरुन्तै कारबाही गरिएन।’

विभागका महानिर्देशकलाई ०७७ असोज ९ गते फेसबुकमार्फत जानकारी गराएको उनको भनाइ छ। ‘आयातित स्यानिटाइजरविरुद्ध उजुरी गरेको पाँच महिनापछि अनुगमन गरेर हुन्छ ? नेपालीले गुणस्तरहीन स्यानिटाइजर घसिरहे’, दाहाल भन्छन्, ‘अनुगमनमा तत्कालै ध्यान दिइएन।’ विभागका महानिर्देशक ढकाल उद्योग दर्ता नगरी गरेको उत्पादनबारे आफूलाई केही जानकारी नभएको बताउँछन्। ‘दर्ता भएका उद्योगका उत्पादन के कस्तो छ भनेर प्रयोगशालामा परीक्षण गरिन्छ’, ढकाल भन्छन्, ‘दर्ता नभएका उत्पादनबारे केही थाहा छैन। परीक्षणबिना गुणस्तरीय छन्÷छैनन् भनेर कसरी ठोकुवा गर्न सकिन्छ र ?’  विभागमा दर्ता भएका कम्पनीको संख्या ४४ पुगेको छ। ती कम्पनीका ९० वटा उत्पादन बजारमा छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल निजी क्षेत्रको उत्पादन गुणस्तरहीन छ भने सरकारले नै उत्पादन गर्नुपर्ने बताउँछन्। भन्छन्, ‘नागरिकलाई संक्रमणबाट जोगाउन सरकारले नै गुणस्तरयुक्त स्यानिटाइजर र मास्क उत्पादन गरेर निःशुल्क वितरण गर्नुपर्छ।’

छुटको घोषणा बजेटमै सीमित 
राजस्व परामर्श समितिले गत वर्ष विभागमा दर्ता भई उत्पादन हुने स्यानिटाइजरमा प्रयोग हुने कच्चा पदार्थ इथानोलमा छुट हुनुपर्ने सिफारिस गरेको थियो। सोहीअनुरूप तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा इथानोल तथा पीपीईमा अन्तःशुल्क छुटको घोषणा गरे। तर, अर्थमन्त्रीको बजेट वक्तव्य व्यवहारमा लागू हुन नपाएको दाहाल बताउँछन्।

व्यवसायीले तत्काल तत्कालीन अर्थसचिवद्वय शिशिर ढुंगाना र हरिशरण पुडासैनीलाई भेटे। ‘सक्नुहुन्छ भने नेपालमै बनाउनुस्। सक्नुहुन्न भने भारत, चीनबाट आउँछ भन्दै ठाडो जवाफ दिनुभयो’, एक व्यवसायी भन्छन्, ‘कर्मचारी स्वदेशी उद्योग संरक्षणतिर लागेनन्। आयातकर्ताको प्रलोभनमा  परे।’

बजारमा नियमित अनुगमन गर्न विभागसँग पर्याप्त जनशक्ति छैन। त्यसमाथि अनुगमनमा जाँदा सुरक्षाको प्रत्याभूति नहुने निरीक्षकहरूको गुनासो छ। उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिना जनशक्ति न्यून भएको वा सुरक्षाको प्रत्याभूति नभएको बहानामा अनुगमन, निरीक्षण  प्रभावकारी हुन नसकेको बताउँछन्। ‘गुणस्तरहीन  मास्क र स्यानिटाइजरबाट स्वास्थ्यमा खेलवाड भइरहेको छ’, अधिवक्ता तिमिल्सिना भन्छन्।

छाला र नङमा असर
इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धी स्तर २०७६ अनुसारको मापदण्डमा रहेर स्यानिटाइजर उत्पादन गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, बजारमा गुणस्तरहीन मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री छ्यापछ्याप्ती छन्। काठमाडौं, भक्तपुर, वीरगन्जलगायत सहरी क्षेत्रमा गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेको पाइएको छ।

वरिष्ठ छाला रोग विशेषज्ञ धर्मेन्द्र कर्ण विषाक्त स्यानिटाइजर प्रयोग गरेकै कारण छालाजन्य समस्या लिएर आउने गरेको बताउँछन्। ‘हातको छाला चिलाउने समस्या छ।  कन्याउँदा घाउ पाक्ने र फोका आउने हुन्छ’, डा. कर्ण भन्छन्, ‘फोकाका कारण पोल्छ। विस्तारै नङमा छुन्छ। नङ पाक्ने र क्षति भएको पाइएको छ।’

डब्लूएचओले तोकेको मापदण्डअनुसार अल्कोहल नपाइएको डा. कर्ण बताउँछन्। ‘स्यानिटाइजरमा अल्कोहल कम्तीमा ६० प्रतिशत हुनुपर्छ। हाइड्रोजन पेरोक्साइड पनि हुनुपर्छ। ग्लिसिरिनको मात्रा पनि हुनुपर्छ। डिस्टिल वाटर मिसाएको हुनुपर्छ’, उनी भन्छन्, ‘तर, बजारमा पाइने प्रायः स्यानिटाइजर गुणस्तरीय छैनन्।’

उनका अनुसार गुणस्तरहीन स्यानिटाइजरले छालाको माथिल्लो तहलाई क्षति पुर्‍याउँछ। ‘छाला सुक्खा हुन्छ। चिलाउँछ। काम गर्दा एलर्जी हुन्छ। ब्याक्टेरिया र फंगसले संक्रमण हुन्छ’, उनी भन्छन्, ‘स्यानिटाइजर प्रयोग गर्दा गुणस्तरको ख्याल गर्नुपर्छ।’

‘बद्मासी गर्नेको खोजी गर्दैछौं’

तपाईंहरूले बजारमा उपलब्ध स्यानिटाइजरको अनुगमन र गुणस्तर परीक्षण गर्नुभएको छ ?
स्वदेशी/ विदेशी स्यानिटाइजरको अनुगमन र परीक्षण गरिरहेका छौं। अनुगमन गर्दा राजस्व पनि राम्रै वृद्धि भयो। आयातितको परीक्षण प्रयोगशालामा हुन्छ।

मास्कको पनि नियमन गर्नुपर्छ भन्ने सोंच छ। तर, अहिले नै क्षमता छैन।

बजारमा बिक्री भइरहेका स्यानिटाइजर गुणस्तरयुक्त छन् त ?
अनुमति लिएका, मापदण्ड पूरा गरेका र राम्रोसँग प्याकिङ गरिएका स्यानिटाइजर गुणस्तरयुक्त छन्। बजारमा पाइने शतप्रतिशत गुणस्तरयुक्त छन् भन्न पनि मिल्दैन। यसलाई सापेक्षिक रूपमा हेरिनुपर्छ। बजारमा जानुअघि ठीक भएका वस्तु बजारमा पुगेपछि गुणस्तरहीन भएको पनि हुन सक्छ। प्याकिङका क्रममा कमजोरी हुन सक्छ। स्यानिटाइजरको गुणमा परिवर्तन आएको पनि हुन सक्छ। मापदण्ड पूरा नगरेको गुणस्तरहीन हुन सक्छ।

दर्ता नगरिएका स्यानिटाइजर र मास्क यत्रतत्र देखिन्छ। के यसको अनुगमन गर्न सकिँदैन ?
पहिले बिनादर्ताका स्यानिटाइजर थिए। मुद्दा पनि लगाइयो। त्यसपछि औषधि व्यवस्था विभागबाट मेरो सरुवा भयो। केही दिनअघि विभागमै सरुवा भएको छ। म नहुँदा बीचमा के कस्तो भयो अपडेट छैन।

लुकिछिपि उत्पादन गरिएका वस्तु गुणस्तरहीन हुन सक्छ। हामीले फेला पारेको अवस्थामा कारबाहीको दायरामा ल्याउँछौं। मापदण्ड बनेपछि बदमासी गर्नेलाई खोजी गर्दै छौं।

हाम्रो जनशक्ति सबै गरेर १ सय १५ जना हो। केन्द्रमा ४९ जना छन्। अरू बाहिर छन्। जनशक्ति त अपर्याप्त नै छ। (अन्नपूर्ण पोस्ट्)

Translate »