बुधवार प्रतितोला ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

भदौ ३०, काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार स्थिर रहेको सुनको भाउ बुधवार रू. ६०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ६०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Translate »