सोमवार सुन तथा चाँदीको मूल्यमा वृद्धि

भदौ २८, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू. ४०० ले घटेको सुनको भाउ सोमवार रू. ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि बढेको छ । आइतवार प्रतितोला रू. १ हजार १९५ मा कारोबार भएको चाँदी सोमवार रू. ५ ले बढेर रू. १ हजार २०० मा किनबेच भइरहेको छ ।

Translate »