एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

काठमाडौँ । नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।

संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार स्थायी कमिटी बैठक शनिबार बिहान तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ।

‘एमालेले आगामी ४–६ असोजमा बस्ने विधान अधिवेशनका लागि प्रतिनिधि चयन, दस्ताबेज लेखन र व्यवस्थापनको तयारीका लागि बैठक डाकिएको हो,’ उनले भने।

Translate »