विपक्षीको अवरोधबीच आर्थिक अध्यादेशसहितका तीन वटा अध्यादेश पारित

काठमाडौँ । संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन विधेयक एमालेको विरोधका बाबजुद शुक्रबार नै पारित गरिएको छ ।

नियम निलम्बन गरेर शुक्रबार नै अध्यादेश पेश गरिएको हो । अध्यादेश प्रस्तुत गर्न ५ दिनको समयावधि सामान्यतयास् राख्ने गरिए पनि नियम निलम्बन गरेर शुक्रबार नै पेश गरिएको हो ।

एमाले अवरोधबीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गरेका थिए। आर्थिक अध्यादेशसँगै अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पनि पेश गरेका छन् ।

एमालेको विरोधका कारण संसदमा होहल्लाको स्थिति छ भने सत्ता पक्षले विपक्षीको विरोधका बाबजुद संसदको बिजनेश अगाडि बढाइरहेको छ । देश सञ्चार

Translate »