प्रेमीको लिङ्ग काटिदिएपछि….

भदौं २४, विराटनगर । विराटनगरको एक होटलमा प्रेमिकाले प्रेमीको लिङ्ग काटिदिएको घटना सार्वजनिक भएको छ । प्रेममा धोका दिएको भन्दै प्रेमिकाले प्रेमीको लिङ्ग काटिदिएकी हुन् । विराटनगर–१५ रानीस्थित होटल मकालुमा उक्त घटना भएको हो । सुनसरी घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षीय प्रेमीको लिङ्ग काटिदिएको मोरङ प्रहरीले जनाएको छ ।

होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले युवकको लिङ्ग कैंचीले काटिदिएको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले बताए । कामको सिलसिलामा विराटनगर बस्दै आएकी युवती नेपाल प्रहरीमा कार्यरत युवकसँग प्रेम सम्बन्धमा थिइन् । तर, एकाएक युवकले अर्कै केटीसँग विवाह गर्ने तयारी गरेपछि सम्बन्ध धमिलो बन्दै गएको थियो । युवकको विवाह आउँदो मंसिरमा हुने चर्चा भएपछि युवतीसँग टाढिन थालेका थिए ।

लामो समयसम्म युवक सम्पर्कविहीन भएका थिए । प्रेमी टाढिन थालेपछि प्रेमिकाले नयाँ मोबाइल नम्बरबाट फोन गरेर अन्तिमपटक भेट्न अनुरोध गरिन् । युवतीको अनुरोध स्वीकार गर्दै युवक पनि उनलाई भेट्न आए ।

युवतीले नयाँ नम्बरबाट साउन २७ गते फोन गरिन् र होटल मकालुमा भेट्ने सहमति भयो । होटल बाहिर दुवै जनाको भेट भएपछि त्यहाँ आइसक्रिम र बिस्कुट खाँदै गफिए । त्यसपछि उनीहरु होटलको कोठामा पुगेपछि युवकले यौन सम्र्पक गर्न खोज्दा युवतीले प्रतिकार गर्दै लिङ्गमा कैंची प्रहार गरिन् ।

प्रेमिकाले प्रेमीको लिङ्गमा कैंची प्रहार गर्दा काटिएपछि घाइते भई तत्काल उपचारका लागि कोशी अस्पताल गएका थिए । युवकको काटिएको लिङ्गको थप उपचारका लागि कोसीले नोबेल शिक्षण अस्पतालमा रेफर गरेको थियो । युवकको लिङ्गमा १० टाँचा लगाएपछि लिङ्ग जोडिएको जनाएको छ ।

‘घटनामा भएको २/३ दिनपछि युवतीले प्रेमीविरुद्ध ईलाका प्रहरी कार्यालय रानीमा ‘जबरजस्ती करणी उद्योग’ मा जाहेरी दिएकी थिइन्,’ डिएसपी श्रेष्ठले भने, ‘ती युवक त्यही कार्यालयमा कार्यरत रहेकाले पक्राउ गरिएको छ । घटनाको अनुसन्धान पूरा भई अभियोग जिल्ला सरकारी वकिलको कार्यालय पठाइ सकिएको छ ।’ उनका अनुसार घटनामा संलग्न भएको आरोप लागेका प्रहरी कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।

Translate »