अफगानिस्तानबाट उद्धार गरिएका ११ नेपाली भारतको क्वारेन्टिनमा

भदौं २४, नयाँ दिल्ली । अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारेन्टिनमा बसेका छन् । काबुलबाट उद्धार गरिएका २४ जना भारतीयसँगै उनीहरु दुई साता क्वारेन्टिनमा बसेका हुन् ।

उनीहरुलाई नयाँ दिल्लीको भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) केन्द्रमा क्वारेन्टिनमा राखिएको थियो । भारत सरकारले उनीहरुलाई दुई साताअघि अफगानिस्तानबाट उद्धार गरि नयाँ दिल्ली पुर्‍याएको थियो ।

कोभिड परीक्षणपछि २६ अगस्टमा उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो । कोभिड परीक्षण गर्दा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो। क्वारेन्टिन अवधिभर उनीहरु सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको थियो ।

केन्द्रले क्वारेन्टिन अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो । अहिलेसम्म केन्द्रमा बंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन् ।

केन्द्रमा अहिलेसम्म अफगानिस्ताबाट भारत फर्किएका एक सय १३ जना अनिवार्य क्वारेन्टिनमा बसेका छन् । नागरिक दैनिक

Translate »