एमसीसी टोलीको विरोध गर्ने ६० जना पक्राउ

भदौं २४, काठमाडौं । काठमाडौं प्रहरीले एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणको क्रममा विरोध गर्ने ६० जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रमुख एसएसपी अशोककुमार सिंहका अनुसार कालो झन्डा देखाउने,ढुंगा हान्ने जस्ता क्रियाकलाप गर्ने विभिन्न ठाउँबाट ६० जनालाई नियन्त्रणमा लिइएको बताए ।

ुविभिन्न समूहका गरेर ६० जनालाई नियन्त्रणमा लिएका छौं, ‘एसएसपी सिंहले इकान्तिपुरलाई भने, ‘उनीहरुलाई ६ ठाउँमा राखिएको छ । अबको एक घन्टापछि छाड्छौं ।’

शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ पर्नेहरुमा कोही विद्यार्थी,दलका नेतारकार्यकर्ता लगायत अन्य व्यक्ति पनि रहेको एसएसपी सिंहले बताए । कान्तिपुर

Translate »