कर्णाली प्रदेशको दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन बनाइँदै

सुर्खेत । कर्णाली प्रदेशको दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन प्रकाशित हुने भएको छ । प्रदेश योजना आयोगले यसका लागि तयारी गरिरहेको छ । आगामी पुस मसान्तसम्ममा प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने आयोगले बताएको छ ।

यसैबीच प्रदेश सरकारले दिगो विकास लक्ष्य कार्यक्रम सप्ताहव्यापी रूपमा मनाउने भएको छ । कर्णाली प्रदेश दिगो विकास लक्ष्य समन्वय तथा कार्यान्वयन समितिको पहिलो बैठकले प्रदेशमा दिगो विकास लक्ष्य कार्यान्वयन गर्न सप्ताहव्यापी रूपमा कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष तथा समितिका संयोजक डा. सर्वराज खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १ गतेदेखि ११ गतेसम्म उत्साहजनक रूपमा मनाउने निर्णय गरेको योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले जानकारी दिए । दिगो विकास लक्ष्यको प्रदेश मन्त्रालयमा आन्तरिकीकरण गर्न र स्थानीय तहमा वडास्तरसम्म स्थानीयकरण गर्न कार्यान्वयन समिति निर्माण गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

Translate »