बाँकेमा लागुऔषधसहित दुई जना पक्राउ

स्काई न्यूज / भदौं २२, बाँके ।  बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाबाट लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानी बङगालाका २६ वर्षीय मोहनलाल कहार र नेपालगञ्ज–७, का २३ वर्षीय अबेस जोलालाई ९ ग्राम ५ सय मिलिग्राम लागु औषध ब्राउन सुगरसहित सोमबार साँझ पक्राउ गरेको हो ।

जिप्रका बाँके र लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको संयुक्त प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । कहार र जोलालाई आवश्यक कार्वाहीका लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

 

Translate »