सुर्खेतमा लागुऔषधसहित एक जना पक्राउ

स्काई न्यूज / भदौं २२, सुर्खेत ।  सुर्खेतमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोईलीका २८ वर्षीय कुबेर शाहीलाई १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

विशेष सुरागीले उपलब्ध गराएको सूचनाको आधारमा कर्णाली प्रदेश लागू औषध नियन्त्रण व्यूरो र नगर प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शाहीलाई रंगे हात पक्राउ गरेको हो ।

ब्राउनसुगर सहित पक्राउ परेका शाहीलाई आवश्यक कार्वाहीका लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Translate »