वाईसीएल संयोजकमा देवकोटा

भदौं २२, काठमाडौं ।  माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।

वाईसीएलको मंगलबार बसेको पहिलो पूर्ण बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुबोध सेर्पालीलाई सर्वसम्मत चयन गरेको निवर्तमान संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

वाईसीएलको भदौ १२१५ गतेसम्म चलेको राष्ट्रिय भेला संयोजक छान्न नसकेपछि २३१ केन्द्रीय समिति चयन गरेर सकिएको थियो । संयोजक र सहसंयोजक चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको थियो ।

Translate »