राराको मुर्मा टपमा रारा इको रिसोर्ट बन्ने

२२ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ताल राराताल जाने पर्यटकलाई लक्षित गरि इको रिर्सोट बन्ने भएको छ । राराको मुर्मा टपमा रारा इको रिसोर्ट बन्न लागेको रारा इको रिसोर्ट प्रालिका सञ्चालक देवीकृष्ण रोकायाले जानकारी दिए । रारा पुग्ने पर्यटकमध्ये करीब ९० प्रतिशत पर्यटक मुर्माटप पुग्ने गर्छन् । अहिले मुर्मा टपमा आतिथ्य सेवा नहुँदा सयौं पर्यटकले खाजा, खाना, बास र पिउने पानीको समेत समस्या भोगिरहेका छन् । रिर्सोटले यो आवश्यकता पुरा गर्ने उनले बताए ।

राराको मुर्मा टपमा रिर्सोट बनेसँगै पर्यटकको बसाई अवधि समेत लम्ब्याउन सकिने उनको भनाइ छ । रारा इको रिसोर्ट राराकै सुविधा सम्पन्न रिसोर्ट बन्ने रोकायाको दावी छ । मुर्मा टपमा बन्न लागेको रारा इको रिर्सोटबाट रारा तालको पुरै दृश्य अवलोकन र छायाँनाथ, चुचेमारा, मुर्मा गाउँ ऋमोक्ष, चंखेली, कान्जिरोवा, कोइकी हिमाल र बिहानको राराको सनराइज हेर्न सकिने गरी डिजाइन गरिएको छ ।

रारा तालको किनारबाट खत्याडखोला जानेबाटो तिर करिव ८०० मिटर पर माजघट्टमा २०७५ सालबाट रारा मुर्मा होमस्टे सञ्चालन गदै आएका रोकायाले रिर्सोटमा लगानी गर्न लागेको बताएका छन् । रारा मुर्मा होमस्टेमा समेत रारा इको रिर्सोटले करीब ३ रोपनी जग्गामा थप लगानी बढाएर २० कोठाको नयाँ भवन निर्माण हुने रोकाया वताउँछन् ।

रारा इको रिर्सोट भने १० रोपनी जग्गामा बन्ने भएको छ । रिसोर्ट बनाउँदा स्थानीय काठ, माटो र ढुङ्गाको प्रयोग गरिने भएको छ । रिसोर्टमा तत्काल २० कोठा बन्ने भएका छन् । पर्यटकहरुको चाप अनुसार निकट भविष्यमा थप कोठाहरुको संख्यामा वृद्धि गरिने रोकायाले बताए । रारा इको रिसोर्ट र होमस्टेको स्तर वृद्धिसँगै अब दिनमा करीब २ सय देखि ३ सय जना पर्यटकहरुले सेवा लिन पाउने उनको भनाइ छ । (अनलाइन खबर)

Translate »