वीनपामा मोवाईल चार्जर स्टेशन जडान

स्काई न्यूज / भदौं २१, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सेवाग्राहीका लागि मोवाईल चार्जर स्टेशन जडान गरेको छ । सेवाग्राहीको मागलाई ध्यानमा राख्दै वीनपाले दुई वटा मोवाईल चार्जर स्टेशन जडान गरेको हो ।

वीनपामा सेवा लिन आउँने सेवाग्राहीलाई नगरपालिकाको मूल प्रवेशद्वार नजिकै र पहिलो तल्लाको प्रतिक्षास्थलमा मोवाईल चार्जर स्टेशन जडान गरेको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको मोवाईल चार्जर स्टेशन जडानपछि सेवाग्राहीले अब चार्जर बोकेर हिड्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

वीनपाका प्रमुख कार्यकारी अधिकृत टिकाराम ढकालले सेवाग्राही तथा कर्मचारीको मागलाई ध्यानमा राखेर भ्याटसहित प्रति मोवाईल चार्जर स्टेशन तीस हजारमा जडान गरिएको जानकारी दिए । यता राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले सेवाग्राहीका लागि सञ्चालनमा ल्याईएको मोबाईल चार्जर स्टेसन जडानले सर्वसाधारणलाई धेरै सहजता पुग्ने विश्वास व्यक्त गरेको छ ।

Translate »