प्रवासीबाट भित्रर्दै एचआईभी

कर्णालीमा ५ सय ९१ संक्रमित

स्काई न्यूज / भदौं २१, सुर्खेत ।
कामको शिलसिलामा विदेशीयका प्रवासीबाट सुर्खेतमा एचआईभी एड्स भित्रिने गरेको छ । प्रवासमा असुरक्षित यौन व्यवहार गर्नेहरु घर फर्कदा एड्स संक्रमित भएको तथ्य खुलेको हो । डेढ दशकअघिसम्म जिल्लामा एड्स रोगीको पहिचान समेत हुदैनथ्यो । सन् २००६ बाट कर्णालीमा एड्स संक्रमितको पहिचान हुन थालेदेखि करिब ६ सय जना एचआईभी संक्रमित रहेको सरकारी तथ्यांक रहेको छ । भारतलगायत खाडी मुलुकमा काम गरी फर्कनेहरुमा एचआईभी संक्रमण भेटिने गरेको स्वास्थ्यकर्मी बताउ“छन् । स्वास्थ्यकर्मीका अनुसार संक्रमित अहिले सम्म ५० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा अधिकांश विदेशमा संक्रमित भएका र उनका श्रीमतीहरु रहेका छन् । जिल्लाका धेरैजसो संक्रमित प्रवासी नै छन् ।

प्रवासबाट फर्किएका पुरुषबाट नै महिलामा एड्स सर्ने गरेको छ । संक्रमित बालबालिका अति जोखिममा रहेका छन् । उनीहरुको पढाइमा समेत बाधा पुगेको छ । कतिपय संक्रमित बालबालिकाले अभिभावक गुमाएकाले पनि समस्यामा परेका छन् । अधिकांशका श्रीमान विरामी भएर मृत्यु भएपछि उनका श्रीमतिले रगत जचाउ“दा संक्रमित भएको पत्ता लाग्न गरेको स्वास्थ्य कार्यालय स्रोतको भनाई छ । कोरोना महामारीमा कोरोना संक्रमितलाई औषधि पु¥याउन असहज समेत रहेको थियो । कर्णालीका पाँच जिल्लामा ५ सय ९१ जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको तथ्यांकमा उल्लेख छ ।

कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा २ सय ९५ जना एचआईभी संक्रमित रहेका छन् । त्यस्तै, दैलेखमा १ सय ९२, रुकुम पश्चिममा ४८, कालिकोटमा ३७ र सल्यानमा १९ जना एचआईभी संक्रमित रहेका छन् । कर्णालीका बाँकी ५ जिल्लामा संक्रमितको संख्या शुन्य रहेको छ । एचआईभी संक्रमित नखुल्ने भएकाले संख्या अझै धेरै हुन सक्ने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देनालयका क्षय तथा कुष्ठरोग अधिकृत पदम केसीले बताए । उनका अनुसार अहिले पनि संक्रमितहरु समाजमा अपहेलित हुने डरले खुल्न नसक्दा यकिन तथ्यांक आउन नसकेको उल्लेख गरे । एचआईभी सामान्य हो भन्ने चेतनाको अभावका कारण उनीहरु समाजमा खुल्न नसक्ने गरेको उनको भनाई छ ।
औषधि पाउनै सास्ती
कोरोना माहामारीमा एचआईभी संक्रमितलाई कर्णालीका सबै जिल्लामा औषधी पु¥याउन कठिन भएको नवकिरण प्लसका संयोजक देवेन्द्र पाठकले बताए । कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स नेपालले ) केही समय पहिले वीरेन्द्रनगरमा आयोजना गरेको आप्रवासी तथा उनीहरुका दम्पती केन्द्रित रहेर एचआईभी कार्यक्रमा उनले यस्तो बताएका हुन् । उनले कोरोना महामारीको समयमा सबै पालिकामा पुग्न समस्या भएको भन्दै यसका लागि सरकारले सबै क्षेत्रमा औषधि तथा आवश्यक सामग्री उपलब्ध गराइदिन माग गरे । संयोजक पाठकले कर्णालीमा एचआईभी परीक्षण गर्ने प्रयोगशाला प्रभावकारी नहुँदा परीक्षणका लागि स्याम्पल बाहिर पठाउनु पर्ने बाध्यता रहेकाले सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रयोगशाला सञ्चालनमा आउँदै
कर्णाली प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउने भएको छ । प्रयोगशालाका निमित्त कार्यालय प्रमुख ओम आचार्यले अब छिट्टै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । उनले प्रयोगशाला सञ्चालन आएमा यस क्षेत्रका नागरिकले एचआईभी परीक्षण गर्न स्याम्पल बाहिर पठाउन पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । यसैवीच किड्स नेपालले कर्णालीमा क्षयरोग र एचआईभीका लागि काम गर्ने बताएको छ । प्रदेशका चार जिल्ला सुर्खेत, दैलेख, कालिकोट र सल्यानमा राष्ट्रिय क्षयरोगका कार्यक्रम गर्ने भएको हो । सुर्खेतका पाँच पालिकामा एचआईभी कार्यक्रम सञ्चालन गर्न लागेको कार्यक्रम अधिकृत अन्जु सापकोटाले जानकारी दिइन् । अप्रवासी तथा उनीहरुका दम्पती केन्द्रित रहेर एचआईभी कार्यक्रम जिल्लाको वीरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा काम गर्न लागेको उनको भनाई छ ।

 

Translate »