एकैपरिवारका ६ जनाको विभत्स हत्या

काठमाडौं । पूर्वी पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका ६ जनाको हत्या गरिएको छ । इलाका प्रहरी कार्यालय चैनपुरको संचार शाखाका अनुसार एकाघरका ६ जनाको विभत्स ढंगले हत्या गरिएको हो । हत्या भएको परिवार कार्की थरका हुन् । घटनामा थप केही घाइते भएको खबरसमेत प्राप्त भएको प्रहरीले जनाएको छ ।

गाउँलेले घटनाको सूचना दिनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाइएको बताइएको छ । विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  (नेपाल प्रेस)

Translate »