बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नवीन गिरी / नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत त्रिवेणी गाउँपालिका वडा नम्बर ६ रुकुम पश्चिमकी ७६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २९ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १ जनाको मृत्यु भएको छ ।

Translate »