अनेमसंघ वीनपा १० को अध्यक्षमा चालिसे

स्काई न्यूज / भदौं २०, सुर्खेत ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको भंगिनी संगठन अखिल नेपाल महिला संघ वीरेन्द्रनगर–१०, को अध्यक्षमा पार्वती पाण्डे चालिसे निर्वाचित भएकी छिन् । अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगरपालिका–१०, ले आइतबार थारु होम स्टे« नयाँ गाउँमा आयोजना गरेको भेलाले चालिसेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा गौरा सुनार, सचिव जानकी सुनार, कोषाध्यक्ष रञ्जना भण्डारी थापालगायत ५१ सदस्यीय नयाँ १० नम्वर वडा कार्य समिति चयन गरेको छ । नयाँ कार्य समिति गठन प्रक्रियामा कर्णाली प्रदेशका सांसद पद्मा खड्का, अनेमसंघ केन्द्रीय सचिवालय सदस्य मोहनमाया ढकाल, मधुरानी ढकाल, विशेष अथिति नन्द विसीलगायतको सहभागिता रहेको थियो । सोही अवसरमा तीज विशेष कार्यक्रम समेत आयोजना गरिको एमाले नेता विसीले स्काई न्यूजलाई जानकारी दिए ।

Translate »