एक दिनमा सय वटा कपाल झर्नु सामान्य हो

कोभिडको कारण कपाल झर्ने समस्या बढेको छ

कपाल हाम्रो शरीरको अभिन्न अंग हो। कोभिडको दोस्रो लहरपछि बिरामीको कपाल अत्यधिक मात्रामा झरेको छ।

कपाल झर्ने सबैभन्दा महत्वपूर्ण कारण वंशाणुगत हो। त्यसमा पनि आमा गोताको नाताबाट धेरै कपाल झर्नेकपाल झर्ने सबैभन्दा महत्वपूर्ण कारण वंशाणुगत हो। त्यसमा पनि आमा गोताको नाताबाट धेरै कपाल झर्ने समस्या आएको हुन्छ।

वंशानुगत कारणले कपाल झर्दा निधार, तालु र टुप्पीबाट झर्छ। १५ देखि ३५ वर्षको उमेरमा कपाल झरेको छ भने त्यो वंशानगुत कारणले हुन्छ।

शारीरिक तथा मानसिक तनावको कारणले पनि कपाल झर्छ।

उप.प्रा.डा शेखर केसी छाला रोग विशेषज्ञ

त्यस्तै पोष्टकोभिडको समयमा कपाल झर्ने समस्या धेरै देखिएको छ। कोभिडले शरीरलाई गाह्रो हुन्छ। ८० प्रतिशतभन्दा बढीलाई कोभिडमा लक्षणनै देखिदैन। तर कोभिड(१९ ले निकाल्ने केमिकलहरू भने सबैमा निस्किन्छ। जसले गर्दा कपाल झर्छ।

महिलामा महिनावारीको कारण, आइरन, भिटामीन बी(१२ र भिटामीन डीको कारणले कपाल झर्ने समस्या देखिएको छ। बाथ रोगको कारणले पनि असर गरिरहेको छ।

कपाल झर्नु सामान्य हो। दिनमा सय वटासम्म कपाल झर्नु सामान्य हो। कपाल झर्ने समस्या छ भने नजिकको छाला रोग विशेषज्ञकहाँ जानुपर्छ। कपाल झर्नुको कारण पत्ता लगाएर कारण अनुसारको उपचार गर्नुपर्छ।

थाइराइड र गर्भवती भएको बेलामा समेत कपाल झर्ने समस्या हुन्छ। कतिपय अवस्थामा रगतको परीक्षण गरेर समेत कपाल झर्ने समस्याको उपचार गर्नुपर्छ।खाने र लगाउने औषधिको प्रयोगबाट कपाल झर्ने समस्याको उपचार गरिन्छ।

कपाल प्रत्यारोपणसमेत गर्न सकिन्छ। त्यसको लागि पछाडिको कपाल ल्याएर अगाडि राखिन्छ।

केही समस्याहरू आफैं निको हुन्छन्। तर विभिन्न रोगको कारण कपाल झरेको छ भने पलाउन सक्दैन।

कपाल झर्ने कारण र यसको उपचाको विषयमा केन्द्रीत रहेर काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलमा कार्यरत छाला रोग विशेषज्ञ उप.प्रा.डा शेखर केसीसँग हामीले कुराकानी गरेका छौ।  (सेतो पाटी)

 

Translate »