साताको शेयर कारोबार

भदौं १९, काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै ३ हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर २ हजार ९२६ दशमलव ८९ विन्दुमा ओर्लिएको छ ।

साताभर कुल २३० ओटा कम्पनीको कुल ८ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर  ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार ८९ रुपैयाँमा खरीदविक्री भए । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाएपछि बजारमा त्यसले प्रभाव पारेको अनुमान गरिएको छ । यस साता कुल चार कारोबार दिन शेयर खरीदविक्री भयो ।   रासस

यो पनि हेर्नुस् :

साताको बजार : कुल बजार पूँजीकरण २ खर्बभन्दा बढीले घट्यो, ४७ अर्ब ७६ करोडभन्दा बढीको कारोबार

Translate »