नेपालगञ्ज विमानस्थलबाट ४ किलो सुनसहित २ जना पक्राउ

भदौं १८, नेपालगञ्ज ।  नेपालगञ्जको राँझा विमानस्थलबाट चार किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।  बाँके प्रहरीले शुक्रबार दिउँसो श्री एयरको विमानबाट काठमाण्डौंदेखि आएका झापाका अमिर लगुन विश्वकर्मा र मोरङका वुद्धिमान खातीलाई करिब ४ किलो ढाई तोला सुन सहित पक्राउ गरेको हो ।

विश्वकर्मा र खातीको साथबाट सुनजस्तो देखिने धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । ‘चारकिलो सुन जस्तो पहेलो वस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘बरामद गरेको बस्तु सुन भए नभएको र उनीहरुले खरिद गरेको बिल बिजकको जाँच गर्दै छौं ।’

उनले नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्षसहित पुगेर घटनाको अनुसन्धान शुरु गरिएको जनाए ।

Translate »