नेपालमा १ करोड डोजभन्दा बढी कोरोना खोप लगाइयो

काठमाडौँ — नेपालमा बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोप १ करोड डोजभन्दा बढी लगाइएको छ । पछिल्लो २४ घण्टामा २ लाख ९३ हजार १ सय ५१ डोज खोप लगाइएसँगै नेपालमा १ करोडभन्दा बढी डोज नाघेको हो ।

 

नेपालमा गत वर्षको माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । अहिलेसम्म नेपालमा १७.९ प्रतिशत अर्थात ५४ लाख २४ हजार ८ सय ३६ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् । त्यस्तै खोपको दुवै मात्रा लगाउनेको संख्या १५.४ प्रतिशत अर्थात ४६ लाख ६७ हजार ३ सय २८ रहेको छ ।

सरकारले नेपालको कुल जनसंख्याको ७१.६ प्रतिशत अर्थात २ करोड ७५ लाख ६ हजार ७ सय ६३ लाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । नेपालमा अहिले भारतमा निर्मित कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जोन्सन एन्ड जोन्सन, जापानमा बनेको एस्ट्राजेनेका र स्विडेनमा बनेको एस्ट्राजेनका खोप लगाइएको छ ।

Translate »