कटुवा पेस्तोलसहित एकजना पक्राउ

भदौं १६, सल्यान । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका–४ बस्ने २८ वर्षीय गणेश रावल रहेका छन् ।

रावललाई बनगार कुपिण्डे नगरपालिका-१, माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

रावलले मोटरसाइकलको सिट मुनी उक्त कटुवा पेस्तोल र गोली लुकाएको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Translate »