प्रहरीद्वारा अबैध सामान बरामद

भदौं १६, बाँके ।  भन्सार छलि ल्याइएको अबैध सामान बाँके प्रहरीले बरामद गरेको छ ।  नेपालगन्ज उपमहानगरपालिक–१६ जैसपुरमा बेवारिसे अवस्थामा राखिएको विभिन्न किसिमका कपडा, मोटरसाईकलको पार्टपुर्जा प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार भारतबाट भन्सार छलि ठूलो मात्रामा विभिन्न किसिमका सामान नेपाल भित्रिरहेको खबर पाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले अन्दाजी एक लाख ४८ हजार ६ सय ९० रुपैयाँको समान बरामद गरेको छ ।

बरामद गरेको सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको प्रहरीले बताएको छ ।

Translate »