उर्थु पटमारा सडक खण्ड अवरुद्ध, पर्यटकलाई सास्ती

सागर परियार/ जुम्ला । जुम्ला हुँदै मुगु रारा ताल जोड्ने छोटो मार्ग (उर्थु पटमारा) सडक खण्ड अवरुद्ध भएको छ ।

लगातार भएको अविरल वर्षाका कारण पहिरो आउँदा सडक अवरुद्ध भएको हो । जुम्ला उर्थु पटमारा, न्याउरी घाट, बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीय नागरिक सँगै पर्यटकहरूले सास्ती पाएका छन् ।

पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएपछि स्थानीय सँगै पर्यटकहरूलाई पनि आउजाउमा समस्या भएको स्थानीय लाल बहादुर बुढाले बताए ।

Translate »