रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुन: शुरु हुँदै

भदौ १४, काठमाडौं । कोरोना महामारीका कारण विगत चार महीनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः शुरु हुने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार भदौ तेस्रो सातादेखि लिखित र प्रयोगात्मक परीक्षा दुवै शुरु गर्ने तयारी शुरु गरिएको हो ।

गत आइतवार सूचना प्रकाशित गर्दै कार्यालयले गत वैशाख १५ गतेदेखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा यही भदौ २० गते देखि सञ्चालन गर्न लागेको बताएको छ ।

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी हुन बाँकी परीक्षार्थीहरु र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजस्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

विभागले आफू मातहतका कार्यालयलाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको बताएको छ ।

विभागका निर्देशक लोकनाथ भुसाालका अनुसार अब यातायात व्यवस्था कायालयहरूले कम्तीमा सात दिनको समय राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्नुपर्ने छ । करीब ७  लाख सेवाग्राहीहरु सवारीसाधनको लाइसेन्स ट्रायल खुल्ने प्रतिक्षामा रहेका छन् ।

Translate »