रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

काठमाडौँ  । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ  । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका भट्टको आज बिहान निधन भएको हो ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित  छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’  लागायत  कृति लोकप्रिय  छन् ।

विसं १९९३ मा जुम्लामा  जन्मिएका  भएका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत रहेका थिए । उनको  शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए । भट्टका श्रीमती र दुई छोरा छन् ।

Translate »