सल्यानमा जबरजस्ती करणीका घटना बढ्दै

दीपक शर्मा / सल्यान । सल्यानमा जबरजस्ती करणीका घटना बढ्दै गएको पाइएको छ ।

सल्यान जिल्ला अदालतको तथ्याङ्क अनुसार पछिल्लो दुई वर्षमा ७० जबरजस्ती करणीका घटना भएका छन् ।

आर्थिक वर्ष २०७६/२०७७ मा २४ र गत आर्थिक वर्ष २०७७र०७८ जबरजस्ती करणीका घटना भएको सल्यान अदालत सल्यानका श्रेष्टेदार हेमन्त ज्ञवालीले बताए ।

उनका अनुसार आ.व.०७६र०७७ २४ घटनामा १० फच्यौट भएका छन् भने गत आ।व।मा ४६ घटनामा २६ फच्यौट भएका छन् ।

“अन्य वर्षहरूको भन्दा कोरोनाले ग्रस्त भएका दुई वर्षमा करणीका घटनामा वृद्धि आएको छ ।” उनले भने सानै उमेरमा विवाह, अशिक्षा, जनसङ्ख्याको वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, सांस्कृतिक विचलन जस्ता कारण यसका प्रकारका घटनामा वृद्धि आएको ज्ञवालीले बताए।

यस्तै कानुन व्यवसायी सिपी ओलीले विगतमा पनि यस प्रकारका घटना घटेको भए पनि अहिले सार्वजनिक हुँदा बढी देखिएको बताए ।

“यस प्रकारका घटना पहिले पनि हुन्थे तर गाउँघरमै लुकाएर राखिन्थ्यो, तर आजभोलि अन्याय हिंसा सहनु हुँदैन भन्ने चेतनाको विकासका कारण पनि घटना बढी देखिएको हो ।” उनले भने ।

महिला हिंसा, घरेलु हिंसा जस्ता सामाजिक आपराधिक क्रियाकलाप अन्त्यका लागि कुनै एक पक्षको पहले मात्र सम्भव नहुने उनले बताए ।

पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको चरम दुरुपयोगले यस प्रकारका घटना घटाउन प्रशय दिएको ओलीले बताए।

Translate »